About us

About us

बैशाख १२, २०७२ को महाभुकम्पले हाम्रो मनहरु डराएको थियो, धन र जनको क्षती भएको थियो । हामी जहाँ जुन ठाउँमा रहेपनि हाम्रो मुल थलो, जन्मभुमी ताकुकोटको पिडाको खबरले झन् धेरै आत्तिएका थियौं। ताकुकोटको अधिकांश घरहरु भत्किएका थिए । यो बिषम परिस्थितिमा राहत , उद्धार, सहयोगको आवश्यकता थियो, पद्दति निर्माणको आवश्यकता थियो । यो बेलामा हामी सबैको मनमा केहि न केहि गर्नु पर्छ भन्ने लागेको थियो। धेरै सहयोगी मनहरुले सहयोगको हातहरु अगाडी बढाउन थाल्नु भएको थियो । पिडामा परेको ताकुकोट बासीको निम्ती बिभिन्न संघ संस्था तथा व्यक्तिगतरुपमा खाद्यान्न, लताकपडा, भाडाकुडाँहरुको बितरण गरिएको थियो। उक्त सहयोग तथा स्थानियको वस्तुस्थितीको बारेमा ताकुकोट टाईम्स र ताकुकोट गोरखा; Takukot Gorkha नामक पेज मार्फत हामीलाई प्राप्त जानकारी संप्रेषण गर्ने गरेका थियौं । वर्तमान अबस्थामा निर्वाचीत जनप्रतिनिधीहरु र बलियो सरकारी संयन्त्रको अभाव थियो । प्राप्त सहयोगहरुको समुचित प्रयोग तथा आधिकारी रेकर्ड राख्ने भरपर्दो अवस्था थिएन। आफ्नो जन्मभुमीको माया ले गाउँभन्दा टाडा रहेर पनि धेरै सहयोगी मनहरुले यो पिडामा मलहम लगाउन नगद सहयोगहरु घोषणा गरिरहनु भएको थियो। यस सहयोगको जानकारी तथा कोअर्डिनेश ती पेज मार्फत भै त रहेको थियो तर आधीकारी संरचना नभएकोले कसरी ती सहयोगहरुको व्यवस्थापन, समुचित प्रयोग र धेरै पछि सम्म अभिलेख( रेकर्ड) राख्ने भन्ने चिन्ता थियो। नगदै दिने वा एक्ला एक्लै खर्च गर्दा क्षणिक वा पीर्दर्शिताको कमि हुने नै थियो । हामीलाई कुनै न कुनै रुपमा गाउँ सँग जोडिनु थियो, सहयोग गर्नु थियो , गाउँबाट बिभिन्न कारणले शहर आएर स्थाई/ अस्थाई रुपमा वसोवास गर्ने हामी धेरै हुदाँ हुदै पनि कुनै आधिकारिक संस्थाको रुपमा हामी संगठित भई सकेको अवस्था पनि थिएन। अग्रजहरुले दुख पर्दा बिभिन्न अनौपचारिक समुह मार्फत काम गर्दै आएको अवस्था थियो । हामी एक जुट हुन सक्यौं भने यस्तै दुख र अप्ट्यारोहरुमा सामुहिक पलकदमी लिन धेरै सहज हुने रहेछ। यी नै सन्दर्भहरुको बिच काठमाडौंमा भुकम्पको कारण टहरा र पालहरुमा बस्दै गर्दा पनि हामीले अग्रजहरु सँग र सहयोग घोषणा गर्नुहुने सहयोगि मनहरु सँग यस बारेमा छलफल र सल्लाह गर्न सुरु गरौं। बिभिन्न चरणको सानो सानो ग्रुपमा छलफलहरु चल्यो, हामी सबैको मनमा केही न केही त गर्नै पर्छ भन्ने हुटहुटी थियो। विशेष गरि वनस्थली एरिया वस्ने हामीहरुलाई भेटेर छलफल गर्न अलि सहज थियो। हामी २०७२ साल जेष्ठ ९ गते मनास्लु स्कुल नयाँहजारमा ताकुकोटेहरुको भेला गर्ने भन्ने निश्कर्षमा पुग्यौं। २०७२ जेठ ९ गतेको भेलामा यी माथीका सन्दर्भ, गाउँ सँग संस्थागतरुपमा जोडिने तथा सबै मिलेर अगाडी बढ्ने बारे निकै सकारात्मक छलफल भयो । विषम परिस्थिको बावुजुद पनि उक्त भेलामा हामी ताकुकोटको झन्डै ५० जना उपस्थित भएका थियौं। यसै भेला मार्फत दिपेन्द्र सुवेदीको संयोजकत्वोमा १३ सदस्य तदर्थ समिती गठन गरि गोरखा ताकुकोट सेवा समाज काठमाडौंमा दर्ता गर्ने निर्णय भएको थियो । विभिन्न उपसमितीहरु समेत गठन गरिएको थियो। गोरखा ताकुकोट सेवा समाजलाई औपचारिक रुपमा २०७२ असोज ६ गते जिल्ला प्रशासन कार्यालय मा दर्ता गरिएको थियो । यसै भेला मार्फत भुकम्प पछिको राहत , पुनर्निर्माण मा हामी काठमाडौंमा अस्थाई/स्थाई रुपमा वस्ने ताकुकोटबासी एक जुट हुने प्रण गरेका थियौं। त्यती बेला सम्म घोषणा भएका सहयोग रकमहरु यसै संस्था मार्फत पार्दर्शी रुपमा गाउँ सम्म पुर्याउने निर्णय समेत गरिएको थियो। गोरखा ताकुकोट सेवा समाजको तदर्थ समिती गठन भए सँगै भुकम्पले आहात भएको ताकुकोट बासीको सामाजिक मनोपरामर्श संकल्प गोरखा र सिएमसी सँगको सहकार्यमा सम्पन्न गरिएको थियो। भुकम्पमा परि ज्यान गुमाउनुहुने ताकुकोटको ५ जना र तामालाबोटको १ जनाको परिवारलाई जनहि रु १०,०००को दरले रु ६०,००० नगद सहयोग गरिएको थियो। चिनकाजी श्रेष्ठ र साजन श्रेष्ठको विशेष पहलमा प्राप्त जस्तापाता मार्फत गोरखा ताकुकोट सेवा समाजले ताकुकोटको १३३ घर परिवारको अस्थाई टहरा निर्माण गरेको थियो । ताकुकोटको पुननिर्माणको मोडलको सम्बन्धमा विज्ञहरु सँगको छलफल कार्यक्रम समेत संस्थाले गरेको थियो। ताकुकाेटको Holistic Devlopment मा अत्यन्त महत्वपूर्ण भूमिका हुने ठानेर संस्थाकै अगुवाईमा रिड नेपाल सँगको सहकार्यमा ताकुकोट सामुदायिक पुस्तकालय बनाउने अभियान अगाडी बढाएको थियो । यसको निम्ती स्थानियलाई नमुना पुस्तकालयको भ्रमण, भवनको लागि जग्गा खरिदको ५०% रकम भुकम्प पछि प्राप्त रकमबाटै खर्च गरि सुरुवात गरिएको थियो। पुस्तकालय भवन निर्माण को आर्थिक स्रोत जुटाउन ताकुकोट सेवा समाजले निरन्तर पहलकदमी गर्दै आईरहेको छ। यसका साथै आज पाँच बर्षको अन्तरालमा संस्थाले धेरै सामाजिक कार्यहरु गरिरहेको छ । संस्था सँग झन्डै २०० जना आजीवन सदस्यहरु आवद्ध हुनुहुन्छ। यसरी भुकम्प पछि काठमाडौंमा ताकुकोट बासीहरुको एउटा साझा र आधिकारिक संस्थाको जन्म भई अगाडी बढिरहेको छ । यस संस्था जन्माउन, अगाडी बढाउन भुमिका खेल्ने सम्पुर्ण अग्रजहरु, साथीहरु, भाईबहिनीहरुमा हृदय देखी नमन् गर्न चाहान्छु । संस्थालाई आफ्नो ठानेर संस्था मार्फत सहयोग गर्न हात बढाउनु भयो ती सहयोगी मन र सामाजिक व्यक्तीत्वहरु हार्दिक आभार व्यक्त गर्दछु । यो तपाईं हामीहरुकै संस्था हो । तपाईं हाम्रै दिल दिमागमा निस्केको सामाजिक कार्यको योजनाहरु र हाम्रै कमाईबाट काटेर जम्मा गरेको पैसा मार्फत पुर्णता दिने संस्था हो ताकुकोट सेवा समाज नकि कुनै विदेशीदाता र योजनामा हिड्ने संस्था। हामी आफ्नो भुगोल भन्दा टाडा रहेर पनि माटोसँग साईनो जोड्ने पुल हो यो संस्था । तपाईं हामी बिच एकता र चिनजान गर्दै भातृत्व बढाउदैं जन्मगाउँको गुन फिर्ता गर्ने माध्यम मात्र हो यो संस्था । यो शहरमा माटोको साईनो जोडिएको हरु बिच सुख दुखमा साथ दिंदै गाउँ सम्म हाम्रा वौद्धिक, प्राज्ञिक , नैतिक र आर्थिक सहयोगलाई जोड्ने च्यानल हो। यस संस्थाको कार्यसमितीमा विधान अनुसार पात्रहरु फेरिरहन्छन् , ती पात्रहरुले संस्थाको भावना अनुसार चल्नु पर्छ न कि व्यक्तिबादी रुपमा । तपाईं हामी जो यस संस्था को आजीवन सदस्यहरु छौं हामी पनि ठानौं यस संस्था को हरेक कार्य र कार्यक्रम हाम्रो पनि हो नकि कार्यसमितिमा बस्नेहरुको मात्रै । तपाईं हाम्रो सकारात्मक सहयोग, सुझावहरु र आलोचनाले संस्थालाई अगाडी बढाउन मद्दत गर्छ । कार्य समितीमा बस्नेहरुले हरेक कार्य र आर्थिकपाटो लाई पारदर्शित र संस्थागत बनाउनै पर्छ । संस्थालाई बिभिन्न रुपमा बद्ननाम गराउने वा धार्मिक र राजनैतिक रुपमा विभाजन ल्याउन कुचेष्टा गर्ने हरु सँग संस्था सजक हुनुपर्दछ । यो संस्था हाम्रो भावी पुस्ताले गर्व गर्न लायक एउटा सामाजीक संस्था बनाउने प्रण गरौं ।

Advisory Member

member

Andrew West

Vice President

tester2@gmail.com

1234567890

member

Andrew West

Vice President

tester2@gmail.com

1234567890

member

Andrew West

Vice President

tester2@gmail.com

1234567890

member

Andrew West

Vice President

tester2@gmail.com

1234567890

member

Andrew West

Vice President

tester2@gmail.com

1234567890

Committee Members

member

Christina Nora

Accountant

andrew@gtssk.org.np

+9775123232

member

John Doe

Vice President

tester1@gmail.com

1234567890

member

Hary Marriot

Client Relation Manager

tester2@gmail.com

1234567890

member

Andrew West

Chief Executive Officer

stell@gtssk.org.np

+9775123232

member

Hary Marriot

Client Relation Manager

tester2@gmail.com

1234567890

member

Christina Nora

Accountant

andrew@gtssk.org.np

+9775123232

member

John Doe

Vice President

tester1@gmail.com

1234567890

member

Andrew West

Chief Executive Officer

stell@gtssk.org.np

+9775123232

member

John Doe

Vice President

tester1@gmail.com

1234567890

member

Hary Marriot

Client Relation Manager

tester2@gmail.com

1234567890

member

Andrew West

Chief Executive Officer

stell@gtssk.org.np

+9775123232

member

Christina Nora

Accountant

andrew@gtssk.org.np

+9775123232

member

Hary Marriot

Client Relation Manager

tester2@gmail.com

1234567890

member

Andrew West

Chief Executive Officer

stell@gtssk.org.np

+9775123232

member

Christina Nora

Accountant

andrew@gtssk.org.np

+9775123232

member

John Doe

Vice President

tester1@gmail.com

1234567890

member

Hary Marriot

Client Relation Manager

tester2@gmail.com

1234567890

member

Andrew West

Chief Executive Officer

stell@gtssk.org.np

+9775123232

member

John Doe

Vice President

tester1@gmail.com

1234567890

member

Christina Nora

Accountant

andrew@gtssk.org.np

+9775123232

member

Andrew Wester

Chief Executive Officer

stell@gtssk.org.np

+9775123232

member

Christina Noraee

Accountant

andrew@gtssk.org.np

+9775123232

member

Hary Marriotee

Client Relation Manager

tester2@gmail.com

1234567890

member

John Doeee

Vice President

tester1@gmail.com

1234567890

member

Krishna Prasad Paneru

Chairperson

krishnapaneru@gtssk.org.np

9851000000

member

Anup Babu Shrestha

Vice-Chairperson

anupbabu@gtssk.org.np

985110000

member

Rajan Babu Shrestha

General Secretary

rajanbabu@gtssk.org.np

9851110032

member

Dhiraj Bahadur Uparkoti

Secretary

dhiraj@gtssk.org.np

9851111000

member

Hom Narayan Shrestha

Treasurer

homnarayan@gtssk.org.np

9851111109

member

Dhurba Babu Subedi

Executive Member

dhurbababu@gtssk.org.np

985111111

member

Indira Bhatta Dhakal

Executive Member

indira@gtssk.org.np

9841000000

member

Bhim Prasad Devkota

Executive Member

bhim@gtssk.org.np

9841100000

member

Sher Bahadur Gurung

Executive Member

sherbdr@gtssk.org.np

9845111102

member

Madan Kumar Joshi

Executive Member

9841101011

member

Nabraj Subedi Chhetri

Executive Member

navraj@gtssk.org.np

9841111111

member

Sarada Thapa Khadka

Executive Member

sarada@gtssk.org.np

9841000202

member

Hariram Ale Magar

Executive Member

hariram@gtssk.org.np

9841077698

Other Member

member

Andrew West

Vice President

tester2@gmail.com

1234567890

Subscribe to Our Newsletter